1 Comment
User's avatar
Tulsi Lal Amatya's avatar

~~~ नव उपनिवेशवाद र डलर साम्राज्यवादको जालोलाई बुझौं ~~~

यस एपिसोडमा, तुलसीलाल अमात्यले नवऔपनिवेशिकता र डलर-साम्राज्यवादले कसरि बिश्वभरि आफ्नो जालो फैल्याउने छ र त्यसको खतराहरू बारे बताउँछन्। उनले यो महत्त्वपूर्ण प्रश्न सोध्छन्: संसारभरि भइरहेका सबै द्वन्द्वहरू - इजरायल र प्यालेस्टाइन, भारतमा हिन्दू र मुस्लिमहरू र अफ्रिका र ल्याटिन अमेरिकामा भइरहेका सबै प्रकारका द्वन्द्वहरूको पछाडि को छ? जवाफ: यो संसारलाई विभाजित र शासन गर्ने नया तरिका हो। यसको लक्ष्य भनेको संसार भरि कठपुतली राज्यहरूको सिर्जना गर्नु हो - जुन पश्चिमी साम्राज्यवादी शक्तिहरूको वरिपरि घुम्ने छन् । यो युद्ध नगरी संसारलाई नियन्त्रण गर्ने नयाँ शान्तिपूर्ण तरिका हो। यो स्पष्ट छ, तर बुझ्न गाह्रो छ।

३० वर्ष भन्दा अघि तुलसीलाल अमात्यले गरेको यो भविष्यवाणी आज सत्य साबित भएको छ । उनले भनेका थिए: "इराकलाई ध्वस्त गरेपछि उनीहरू इरानको पछि लाग्नेछन्।" आज उनका सबै भविष्यवाणी र विश्लेषण पुरा भएका छन् । तिनीहरू 100% सही साबित भएका छन्।

Expand full comment