तुल्सीलाल अमात्यको सबैभन्दा विशिष्ट कुरो मलाई उहाँको निश्चलता लाग्थ्यो । निष्कपट, सरल र मनभित्र जे छ बाहिर पनि त्यहीँ देखाउने तुल्सीलाल अमात्य उमेर एवं शरीरले वृद्ध देखिए पनि आफ्नो निश्चलताका कारणले उहाँ भर्खरको बालक जस्तो स्वच्छ र प्रिय लाग्नु हुन्थ्यो । अहँकार भनेको पटक्कै नभएको, छक्का पञ्जा गर्दै नगर्ने र आफ्नो स्वाभिमानको लागि कहिल्यै नझुक्ने स्वभाव तुल्सीलाल अमात्यका थप विशिष्टताहरू हुन् । स्वभाव र तौर–तरिका हेर्दा उहाँ साँच्चै ‘त्यागी सन्यासी’ जस्तो लाग्नु हुन्थ्यो । जसलाई दुनियाँको कुनै पनि चीजको मोह छैन । वितरागी जस्तो देखिनु हुन्थ्यो उहाँ– स्वार्थ, द्वन्द्व र छलकपटबाट निकै टाढा पुगेको ।
तुल्सीलाल अमात्य - सुगन्धित फूल जस्तै निश्चल…